फुटबलर लाम्पार्डले श्रीमतीलाई कुकुर्नी भनेपछि …

फुटबलर लाम्पार्डले श्रीमतीलाई कुकुर्नी भनेपछि …

केन्द्रबिन्दु
0
Shares

चर्चित फुटबलर फ्र्याङक लाम्पार्ड चार वर्षको प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाँधिएका छन् ।

तर उनी श्रीमती क्रिस्ट्रिनाको अपमान गरेका कारण अहिले विवादमा छन् ।

आइतबार उनले इन्स्टाग्राम पोस्टमा श्रीमतीले कुकुर खेलाउँदै गरेको फोटो पोस्ट गरे, जसलाई उनले क्याप्सन दिएका छन्, ‘मेरा दुई कुकुर्नी ।’

३९ वर्षका लाम्पार्डले जोक गर्दै इन्स्टाग्राममा यस्तो पोस्ट गरेपछि महिला अधिकारकर्मीहरूले उनीमाथि लैङ्गिक विभेदको प्रश्न उठाएका छन् ।

‘महिलामाथि पुरुषहरूले जोक गर्न पाइदैँन । यो विभेद हो,’ एकजनाले प्रतिक्रिया दिएका छन् । धेरैले नकारात्मक प्रतिक्रिया दिएपछि लाम्पार्डले यो फोटो इन्स्टाग्रामबाट हटाएका छन् ।

यो फोटोलाई उनका २० लाख फलोअर्सले हेरिसकेका थिए । (एजेन्सी)

Skip This
Skip This
Logo