एभर्टन र लेस्टर बराबरीमा रोकियो

एभर्टन र लेस्टर बराबरीमा रोकियो

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगमा एभर्टन र लेस्टर सिटी बराबरी रोकिएका छन् । चेल्सी वल्भ्ससँग तथा लेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा एभर्टनले अग्रता जोगाउन नसक्दा लेस्टरसँग अंक बाड्नुपरेको हो । एभर्टनका हामेस रोड्रिग्वेजले गोल गर्दा लेस्टरका युरी टिलेमान्सले बराबरी गोल फर्काएका थिए ।

यो बराबरीसँगै लेस्टर २० खेलबाट ३९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा एभर्टन १८ खेलबाट ३३ अंक जोडेर सातौ स्थानमा छ ।

Logo