आईपीएलको अक्सनमा परेका ८ नेपाली को को हुन् ?

आईपीएलको अक्सनमा परेका ८ नेपाली को को हुन् ?

केन्द्रबिन्दु
0
Shares

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अक्सनमा ८ नेपाली खेलाडी परेका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बताए अनुसार एसोसियट राष्ट्र नेपालबाट ८ खेलाडी अक्सनमा परेका हुन् ।

आयोजक संस्थाले यस वर्षको आईपीएलका लागि कुल १ हजार ९७ जना खेलाडी अक्सनका लागि दर्ता भएको जानकारी दिएको छ । आईपीएललाई विश्व क्रिकेटको सबैभन्दा महङ्गो फ्रेन्चाई लिग मानिन्छ । आईपीएलमा नेपालबाट यतिधेरै खेलाडी अक्सनमा परेका पहिलो रेकर्ड हाे ।

क्यानका अनुसार नेपालबाट अक्सनमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, अलराउन्डर करण केसी, सोमपाल कामी, स्पिनर सन्दीप लामिछाने, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहरा अक्सनमा परेका हुन् । 

Logo