स्मिथलाई ‘एलन बोर्डर मेडल’ अवार्ड

स्मिथलाई ‘एलन बोर्डर मेडल’ अवार्ड

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथले अष्ट्रेलियाकै प्रतिष्ठित ‘एलन बोर्डर मेडल’ अवार्ड प्राप्त गरेका छन् । अष्ट्रेलिया क्रिकेटले प्रदान गर्ने यस अवार्ड स्मिथले तेस्रो पटक पाएका हुन् ।

अष्ट्रेलिया क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका स्मिथले यस अघि २०१५ र २०१८ मा यस अवार्ड जितेका थिए । यस्तै स्मिथले एक दिवसीय अन्तराष्ट्रिय प्लेयर अफ दि इयर अवार्ड समेत प्राप्त गरेका छन् ।

महिलाको बिलिन्डा क्लार्क अवार्ड बेथ मोनीले जितेकी छिन् । टेस्ट प्लेयर अफ दि इयर अवार्ड पाट कुमिन्सले जितेका छन् । टी–ट्वान्टी प्लेयर अफ दि इयर अवार्ड एस्टन अगरले पाएका छन् । यस्तै साउन मार्शले डोमेस्टिक प्लेयर अफ दि इयर अवार्ड प्राप्त गरे ।

 

 

Logo