आर्मीविरुद्ध पहिला बलिङ गर्दै बागमती

आर्मीविरुद्ध पहिला बलिङ गर्दै बागमती

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल त्रिभुवन आर्मी क्लबविरुद्ध बागमती प्रदेशले पहिला बलिङ गर्ने निर्णय गरेकाे छ ।

टियु क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिए । आजको विजेताले शनिवार उपाधिको लागि नेपाल एपिएफ क्लबसँग खेल्ने छ । एपिएफले पहिलो खेलमा पुलिसलाई ३० रनले हराउँदै फाइनलमा पुगि सकेको छ ।

आर्मी प्रधानमन्त्री कपको तीनै संस्करणमा फाइनल सम्मको यात्रा तय गरेको छ । आर्मी बागमतीलाई हराउँदै लगातार चौथो पटक फाइनमा पुग्ने सोचमा छ । त्यसैले बागमतीलाई आजको खेलमा इतिहास बनाउने अवसर छ ।

Logo