‘गणेशमान टेन के रोड रेस’ हुँदै

‘गणेशमान टेन के रोड रेस’ हुँदै

केन्द्रबिन्दु
0
Shares

चैत दोस्रो साता दोस्रो संस्करणको वीर गणेशमान सिंह १० किमी  रोड रेस हुने भएको छ ।  

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै दौड चैत ७ गते शनिबार हुने जनाएको हो । ४ सयदेखी ५ सयसम्मका धावकले सहभागिता जनाउने रेसअन्तर्गत महिला र पुरुषतर्फको विजेताले ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार पाउनेछन् ।

छैटौंदेखि दशौँसम्मलाई समान ४÷४ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने प्रतियोगिता संयोजक सन्जीब तुलाधरले जानकारी दिए ।

यस्तै दौडमा अघिल्लो वर्षको कीर्तिमान भंग गर्नेलाई १० हजारबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । रुट्स फेसनको मुख्य प्रायोजनमा हुने रेस १० किलोमिटरको हुनेछ ।  दौड शेर्पा मल दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, विर हस्पिटल, भोटाहिटी, राजदरबार संग्राहलय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, पुलिस हेडक्वाटर, गौरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः शेर्पा मल दरबार मार्गमा समापन हुनेछ । करिब १२ लाख लागत लाग्ने आयोजकले जनाएको छ ।

Logo