स्पेनिस कोपा डेल रेमा बार्सिलोना पराजित

स्पेनिस कोपा डेल रेमा बार्सिलोना पराजित

केन्द्रबिन्दु
0
Shares

स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभियाले  बार्सिलोनालाई पराजित गरेकाे छ । 

रमन सान्चेज पिजुआन सेभियामा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए ।

खेलकाे ८५औं मिनेटमा इभान राकिटिचले आफ्नै पुर्व क्लबविरुद्ध गोल गर्दै सेभियाको अग्रता दोब्बर पारे ।

यस जितसँगै सेभियाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग नोउ क्याम्पमा ४ मार्चमा हुनेछ ।

Skip This
Skip This
Logo