युभेन्टसको शानदार जितसँगै सेमिफाइनलमा

युभेन्टसको शानदार जितसँगै सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

एसपालमाथि शानदार जित निकाल्दै युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले एसपालमाथि ४–० को फराकिलो जित निकालेका हो । खेलको १६औं मिनेटमा अल्भारो मोराटाको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । एड्रिएन राबिओटमाथि भिकारीले फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै युभेन्टसलाई पेनाल्टी प्रदान गरेको थियो ।

३३औं मिनेटमा जियानलुलका फ्राबुट्टाले डिजान कुलुसेभ्स्कीको पासमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । ७८औं मिनेटमा कुलुसेभ्स्कीले फेडरिको चियसाको पासमा गोल गर्दै युभेन्टसलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

९०औ मिनेटमा चियसाले कोसिमो मार्काे दा ग्राकाको पासमा गोल गर्दै युभेन्टसलाई ४–० को फराकिलो जित दिलाए । अब युभेन्टसले सेमिफाइनलमा इन्टर मिलानको सामना गर्नेछ ।

Logo