डर्टमुन्डको सहज जित

डर्टमुन्डको सहज जित


डर्टमुन्डले जर्मन बुन्डेसलिगामा बिलेफिल्डलाई पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा डर्टमुन्डले बिलेफिल्डलाई ३–० ले पराजित गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि खेलकाे ४८औं मिनेटमा मामुद दाहुदले गोल गर्दै डर्टमुन्डलाई १–० ले अघि बढाए ।

५८औं मिनेटमा जाडोन सान्चोले पेनाल्टीमार्फत गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे । ८१औं मिनेटमा रेनिएरले गोल गर्दै डर्टमुन्डलाई ३–० को सहज जित दिलाए ।

यो जितसँगै डर्टमुन्ड २३ खेलबाट ३९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

Logo