मन्त्रालयले गर्‍याे नाै खेलकुद पत्रकारलाई सम्मान

मन्त्रालयले गर्‍याे नाै खेलकुद पत्रकारलाई सम्मान

केन्द्रबिन्दु
0
Shares

युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिताको पुरस्कार कमल खत्रीसहित नाै खेलकुद पत्रकारलाई आइतबार प्रदान गरेको छ ।  

मन्त्रालयले खत्रीलाई रु ५० हजारसहित सम्मानपत्र दिएको छ । यस्तै मन्त्रालयद्वारा विभिन्न सञ्चार माध्ययबाट खेलकुद पत्रकारिता गर्दै आएका आठ जना पत्रकारलाई प्रोत्साहन पुरस्कार पनि प्रदान गरेको छ ।

प्रदेश अनुसार वितरण गरिएको प्रोत्साहन पुरस्कारमा मन्त्रालयले प्रदेश १ बाट हाम्रो खेलकुद अनलाईनका खेल पत्रकार हिमाल खरेल, प्रदेश–२ बाट साप्ताहिक खेलकुद पत्रिकाका रञ्जनकुमार भण्डारी, बागमती प्रदेशबाट नागरिक दैनिकका अनिल मल्ल ठकुरी, लुम्बिनी प्रदेशबाट नेप्लेज अनलाइनका संवाददाता मुक्तिबाबु रेग्मी, गण्डकी प्रदेशबाट कान्तिपुर संवाददाता माधवप्रसाद अर्याल, कर्णाली प्रदेशबाट ब्राहखरीका खेल पत्रकार भूपेश उपाध्याय र सुदूर पश्चिमबाट खबर कुञ्ज अनलाईनका सिताराम ओझालाई सम्मान गरेको हो । यस्तै मन्त्रालयले महिलातर्फ राष्ट्रिय समाचार समिति (रासस) की  मुना कार्कीलाई प्रदान गरेको छ । मन्त्रालयले प्रदान गरेको प्रोत्साहन पुरस्कार नगद २५ हजार रुपैयाँ रहेको छ । सम्मान हुने सबैलाई युवा तथा खेलकुद मन्त्री दावा लामाले पुरस्कृत गरेका थिए ।
 
युवा तथा खेलकुद मन्त्रालयले प्रकाशित गरेको सूचनाको आधारमा आवेदन दिएका मध्येबाट मन्त्रालयले गठन गरेको सिफारिस समितिले गरेको सिफारिसको आधारमा उनीहरु पुरस्कृत भएका हुन् । 

Logo