इटालियन सिरी 'ए' फुटबलमा एसी मिलान बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा मिलान घरेलु मैदानमा उडीनेजेसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलकाे ६८ औं मिनेटमा रोड्रिगो बिकाले गोल गर्दै उडीनेजेलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा फ्रान्क केस्सीले गोल गरेपछि मिलानले खेल बराबरीमा टुंग्याएकाे हाे ।
यस बराबरीसँगै मिलानले २५ खेलमा ५३ अंक जोड्दै दोस्राे स्थानमा छ ।





























प्रतिक्रिया