आरबीबी राष्ट्रिय भलिबल लिग चैत १९ गतेबाट

आरबीबी राष्ट्रिय भलिबल लिग चैत १९ गतेबाट


नेपाल भलिबल संघ (एनभीए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) को मुख्य प्रायोजनमा पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता चैत १९ गतेदेखि हुने भएको छ।

बिहीबार पत्रकार सम्मेलन गरी आयोजक भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले पुरुषतर्फ आठ र महिलामा ६ गरी १४ टिमको सहभागिता रहने जानकारी दिए। पुरुष/महिला दुवैमा पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल खेलाइने छ। शीर्ष दुई टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्नु पर्ने छ।

एक टिमले तीन विदेशी खेलाडी राख्न सक्ने प्रावधान संघले राखेको छ। पुरुष/महिला टिम र व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीका लागि समान पुरस्कार राशी राखिएको छ। 

शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः तीन लाख, एक लाख ५० हजार, ७५ हजार र ३७ हजार ५००सय रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही २५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ। 

Logo