आर्सनल र बर्नलीबीचकाे खेल बराबरीमा रोकियो

आर्सनल र बर्नलीबीचकाे खेल बराबरीमा रोकियो

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र बर्नलीले १-१ बराबरी खेलेर अंक बाडेका छन् । 

शनिबार भएको खेलमा आर्सनल र बर्नलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो । बर्नलीको मैदानमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले अंक बाड्नु परेको हो ।

खेलको छैटौं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर, खेलको ३९ औं मिनेटमा क्रिस उडले गोल गर्दै बर्नलीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै आर्सनलले २७ खेलमा ३८ अंक जोडेको छ । आर्सनल लिगको दशौँ स्थानमा रहेको छ ।बर्नली ३० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

Logo