बायर्नको जितमा लेवान्डोस्कीको ह्याट्रिक

बायर्नको जितमा लेवान्डोस्कीको ह्याट्रिक

केन्द्रबिन्दु
0
Shares

रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक प्रहार गरेपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाअन्तर्गत बोरुसिया डर्टमुन्डलाई ४-२ ले पराजित गरेको छ ।

खेलको ७४ सेकेन्डमा नै थोमस डिलेनीको पासमा हालान्डले गोल गरेका थिए । त्यसपछि नवौं मिनेटमा थोर्गन हाजार्डको कटब्याकमा हालान्डले गोल गर्दै अग्रता दोब्बर पारे ।

लेवान्डोस्कीले २६ औं मिनेटमा लेरोय सानेको क्रसमा हेडरमार्फत गोल गर्दै बायर्नलाई खेलमा फर्काए । ४४ औं मिनेटमा मोहमद दाहुदले किंग्सले कोमानलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि बायर्नले पेनाल्टी पायो । लेवान्डोस्कीले उक्त प्रहारलाई गोलमा परिणत गर्दै पहिलो हाफ २-२ को बराबरीमा ल्याए ।

८८ औं मिनेटमा लिओन गोरेट्जकाले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । इन्ज्युरी समयमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नको फराकिलो जित सुनिश्चित गरे ।

Skip This
Skip This
Logo