सातदोबाटो युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत शनिबार दोसो स्थानको खुमलटार युथ क्लब पराजित भएपछि सातदोबाटो शीर्ष डिभिजनमा बढुवा भएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटार युथ क्लब श्री भगवती क्लबसँग २–१ ले पराजित भएको थियो । खुमलटारको हारसँगै सातदोबाटो दुई खेल अगाबै बढुवा भएको हो । सातदोबाटोलाई शीर्ष लिगमा बढुवा हुन एक जीतको आवश्यकता रहेको थियो ।
लिगको शीर्ष स्थानमा रहेको सातदोबाटोले ९ खेलमा २५ अंक जोडेको छ । दोस्रो स्थानको खुमलटारको १० खेलमा २२ अंक रहेको छ । अब खुमलटारले लिगमा एक खेल खेल्न बाँकी रहेको छ । सातदोबाटोले भने २ खेल खेल्न बाँकी रहेको छ । अब अन्तिम दुई खेलमा पराजित भएपनि सातदोबाटो खुमलटारविरुद्ध हेड टु हेडमा अघि रहनेछ ।





























प्रतिक्रिया