२९औं खेलमा सिटीको अपराजित यात्रामा पुर्णविराम

२९औं खेलमा सिटीको अपराजित यात्रामा पुर्णविराम

केन्द्रबिन्दु
0
Shares

इंग्लिस क्लब म्यानचेस्टर सिटीको अपराजित यात्रामा पुर्णविराम लागेको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति म्यानचेस्टर युनाइटेडसँग घरेलु मैदानमा २–० ले पराजित भएसँगै २९औं खेलमा सिटीको अपराजित यात्रामा पुर्णविराम लागेको हो ।

नोभेम्वरमा टोटेनहमसँग २–० ले पराजत भएपछिको २८ खेलसम्म सिटी अपराजित रहेको थियो । 

गएराति सम्पन्न खेलको दोस्रो मिनेटमा नै ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलबाट युनाइटेडले अग्रता लिएको थियो । पेनाल्टी बक्समा एन्थोनी मार्सियाललाई गाब्रियल जेससले लडाएपछि प्राप्त पेनाल्टीमा फर्नान्डेस चुकेनन् ।

५०औं मिनेटमा लुका साले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनायो ।  जितपछि युनाइटेड २८ खेलबाट ५४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित सिटी २८ खेलबाट ६५ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

Skip This
Skip This
Logo