शीर्षस्थानको सातदोबाटोको पहिलो हार

शीर्षस्थानको सातदोबाटोको पहिलो हार

केन्द्रबिन्दु
0
Shares

शहीद स्मारक बी डिभिजन लिग फुटबलमा शीर्षस्थानको सातदोबाटो युथ क्लबले पहिलो हार व्यहोरेको छ ।

सोमबार एन्फा मैदान सातदोबाटोमा  भएको खेलमा मध्यपुर युथ एसोसियसनसँग २—१ गोल अन्तरले पराजित हुँदै सातदोबाटोले पहिलो हार व्यहोरेको हो ।

मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक एक गोल गरेका छन् ।सातदोबाटोका माल्डिना आङथुपुले एक गोल फर्काएका थिए ।

मध्यपुरसँग पराजित भए पनि सातदोबाटो १० खेलमा २५ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

सातदोबाटो दुई खेल अगाबै ए  डिभिजनमा बढुवा समेत भइसकेको छ ।

 

Skip This
Skip This
Logo