सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम लिग खेलमा खुमलटार युथ क्लबले फराकिलो जीत निकालेको छ । बुधबार भएको खेलमा खुमलटारले बाँसबारी क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खुमलटारलाई जीत दिलाउन आदील हमिद, प्रसान्त अवस्थी, आयुश घलान र महेश राईले एक एक गोल गरे ।
जीतसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरीसमेत गरेको छ । खुमलटारले ११ खेलमा २५ अंक जोडेको छ । खुमलटारले लिगको दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।
एक खेल बाँकी रहेको सातदोबाटोको २५ अंक रहेको छ । सातदोबाटोले लिगको उपाधि यस अघि नै जितिसकेको छ । उपाधिसँगै सातदोबाटो ‘ए’ डिभिजनमा उक्लिएको छ । बाँसबारीले ११ खेलमा २१ अंक जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ ।































प्रतिक्रिया