यूईएफए च्याम्पियन्स लिगकाे समूह चरणकाे पहिलो खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड पराजित भएको छ ।
घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा रियल म्याड्रिड शाख्तर डोनेस्कसँग शाख्तर डोनेस्कसँग ३-२ ले पराजित भएकाे हाे ।
खेलको २८ औं मिनेटमा टेटेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । त्यसको तीन मिनेट नबित्दै रियल २-० ले पछि पर्यो । टेटेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक कोर्टुवाले विफल पारे पनि रिबाउन्डमा राफेल भारानले बल बचाउन खोज्दा आफ्नै पोस्टमा छिरेको थियो ।
पहिलो हाफको ३ मिनेट बाँकी रहँदा शाख्तरले ३-० को अग्रता लियो । टेटेले पेनाल्टी क्षेत्रनजिक चलाखीपूर्ण मुभ बनाउँदै ब्याकहिल दिएपछि मानोर सोलोमोनले उत्कृष्ट फिनिस गर्दै घरेलु टोलीलाई स्तब्ध बनाए ।
दोस्रो हाफकाे ५४ औं मिनेटमा लुका मोड्रीचले उत्कृष्ट गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । त्यसको ५ मिनेटपछि वैकल्पिक खेलाडी भिनिसियस जुनिअरले गोल गर्दै खेललाई ३-२ को अवस्थामा पुर्याए । लुका जोभिचको स्थानमा मैदान प्रवेश गरेको केहि सेकन्डमा नै भिनिसियसले कप्तान मार्लोसको खुट्टाबाट बल खोस्दै पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए ।
त्यसपछि थप गोल हुन नसक्दा शाख्तारले जित निकालेकाे हाे ।































प्रतिक्रिया