टोटेनह्यामविरुद्ध आर्सनल विजयी

टोटेनह्यामविरुद्ध आर्सनल विजयी

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटेनह्यामलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले टोटेनह्याममाथि २-१ गोल अन्तरले पूनरागमन जित निकालेको हो ।

खेलको ३३ औं मिनेटमा एरिक लामेलाले गोल गर्दै टोटेनह्यामलाई अग्रता दिलाएका थिए । तर, खेलको ४४ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६४ औं मिनेटमा एलेक्स्जेन्डर लाकाजेटले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए ।

यस जितसँगै आर्सनलले २८ खेलमा ४१ अंक जोडेको छ । आर्सनल लिगको दशौँ स्थानमा रहेको छ ।

 

Logo