शहीद स्मारक ‘सी’ डिभिजन लिगः चर्च ब्वाइज विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिगः चर्च ब्वाइज विजयी

केन्द्रबिन्दु
0
Shares

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड विजयी भएको छ ।
     
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडलाई तीन एक गोलअन्तरले पराजित गरेको हो । खेलको ५१औँ मिनेटमा चर्च ब्वाइजका लागि सोम थापाले पहिलो गोल गरेका थिए। खेलको ५५औँ मिनेटमा प्लानिङ ब्वाइजका कृष्ण गिरीले गोल गर्दै एक÷एक गोल गरे।
 
यस्तै खेलको ८९औँ मिनेटमा साइमन लिम्बुले पेनाल्टीमार्फत चर्च ब्वाइजका लागि दोस्रो गोल गरे। खेलको इन्जुरी समयमा चर्च ब्वाइजका लागि इन्द्रजङ लिम्बुले गोल गर्दै खेललाई तीन एक गोल गरे। 

जीतसँगै समूह बी मा रहेको चर्च ब्वाइजले दुई खेलमा ६ अङ्क जोडेर सो समूहको शीर्ष स्थानमा रहेको छ। आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

Skip This
Skip This
Logo