चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेकाे छ  । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

चेल्सी समग्रमा ३-० को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १-० ले हराएको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगकाे ३४ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।  ८२ औं मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको ।

त्यसपछि खेलको इन्जुरी समयमा इमर्सनले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए । यससँगै चेल्सी सात वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

Logo