त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

केन्द्रबिन्दु
0
Shares

नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। 

दशरथ रंगशालामा चैत १० देखि १६ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पत्रकार सम्मेलनमार्फत एन्फा प्रवक्ता किरण राईले प्रतियोगिता दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने बताएका हुन्। 

कोरोनाको महामारीलाई ध्यानमा राखेर एन्फाले १२ हजार दर्शकलाई मात्र मैदान प्रवेशमा अनुमति दिने जनाएको छ । त्यसका लागि एन्फाले प्रतियोगिताको टिकट मूल्य समेत तोकेको छ । जस अनुसार एन्फाले सामान्य प्याराफिटतर्फ ७ सय र भीआईपीतर्फ १५ सय टिकटदर तोकेको छ । दशरथ रंगशालामा आयोजना हुन लागेको प्रतियोगिताका लागि एन्फाले रंगशाला तयारीलाई तिब्रता दिएको छ । यस अघि नै सार्वजनिक भएको तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग १२ गते खेल्दैछ भने दोस्रो खेल १४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

यही प्रतियोगितामा सहभागिता जनाउनका लागि आजै बंगलादेशको टोली नेपाल आएको छ। बंगलादेशबाट ४० सदस्यीय टोली नेपाल आएको हो। राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। 

Logo