तेस्रो थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’लाई

तेस्रो थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’लाई

केन्द्रबिन्दु
0
Shares

तेस्रो थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’ क्लबले हात पारेको छ। चन्द्रागिरि थानकोट गोदाममा रहेको पिम्फली खेल मैदानमा आइतबार साँझ सम्पन्न तेस्रो थानकोट गोल्डकपमा तिनथाना युथ क्लबलाई हराउँदै ब्रदर्शले उपाधि हात पारेको हो । 

उक्त गोल्डकपको विजेतासँगै ब्रदर्श क्बलले ८० हजार पुरस्कार जित्न सफल भएको छ। शुरूदेखि दबाब राख्न सफल भएको ब्रदर्श २–० ले हराउँदै विजेता टिम बन्न सफल भएको हो। चन्द्रागिरि नगरपालिकाभित्रका स्थानीय २४ वटा टोलीलाई पछि पार्दै उई आर ब्रदर्श र तिनथाना युथ क्लब फाइनलमा पुगेका थिए। उपविजेता तिनथाना युथ क्लबले ४५ हजार प्राप्त गरेको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर लगायतलाई जनही पाँच/पाँच हजार नगद पुरस्कार राशि प्रदान गरिएको थियो। 

नगद पुरस्कार र ट्रफि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रदान गरेका थिए। कार्यक्रममा नगर प्रमुख गिरीले चन्द्रागिरिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भइरहेका हुँदा खेलकूद र खेलाडीको विकासका लागि नगरबाट उचित काम भइरहेको बताए। उनले खेलकूदको माध्यमबाट समाज र राष्ट्रको नाम विश्वजगतमा राख्ने हुँदा खेलाडीको उच्च सम्मानका साथै विविध गतिविधिमा ध्यान दिइरहेको उल्लेख गरे। तेस्रो थानकोट गोल्डकप फुटबल प्रतियोगिता गत फागुन २७ बाट सुरू भएको थियो।रासस

Skip This
Skip This
Logo