नेपालमा आयोजना हुने त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि किर्गिस्तानको टोली नेपाल आइपुगेका छन् । किर्गिस्तानको ओलम्पिक टोली (यू–२३) आइतबार नेपाल आइपुगेका हुन् ।
किर्गिस्तानी टोलीलाई एन्फाका उपाध्यक्ष शिक्षित पराजुली, सदस्य रुपेश अधिकारी लगायतले स्वागत गरेका थिए । दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
बंगलादेशको टिम यस अघि नै नेपाल आइसकेको छ । नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल चैत १२ गते हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्नेछन् । उद्घाटन खेल चैत १० हुनेछ । यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टोली तजबले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल चैत १६ गते हुनेछ ।































प्रतिक्रिया