त्रिदेशीय फुटबलमा बंगलादेश विजयी

त्रिदेशीय फुटबलमा बंगलादेश विजयी

केन्द्रबिन्दु
0
Shares

मंगलबारदेखि काठमाडौँमा सुरु भएको त्रिदेशीय नेशनल कप फुटबल प्रतियोगितामा बंगदालेश विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले कीर्गिस्तानलाई १–० ले पराजित गरेको हो । किर्गिस्तानको उमेर समूहको टोलीलाई सुरुआतबाट नै दबाब दिएर खेलेको बंगलादेशले अग्रता भने ३० औं मिनेटमा पाएको थियो । 

३०औं मिनेटमा किर्गिस्तानका लागि कुमारवज उलु बैमानले किक्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल भएपछि बंगलादेशले अग्रता पाएको थियो । बंगलादेशको जितका लागि सोही उपहार गोल नै निर्णायक बनेको हो । बंगलादेशका रक्षक मोहम्मद साद उडिनको क्रस बललाई किलियर गर्ने क्रममा उलु बैमानको बलले जाली चुमेको थियो ।

पहिलो हाफमा पछि परेको किर्गिस्तानले दोस्रो हाफमा खेलमा फर्किन निकै प्रयास गर्यो । तर पाएका केही राम्रा अवसरलाई सदुपयोग भने गर्न सकेन । अन्तिमतिर खेलमा फर्किन निकै संघर्ष गरेको किर्गिस्तानले इन्जुरी समयमा गोलको सुन्दर मौका खेर फालेको थियो । टासेभ कामुलिद्दीनले कर्नर बललाई हेडरमार्फत गोल गर्ने अवसर पाए पनि उनको बल बार माथिबाट बाहिरएको थियो । अनमार्क रहेका उनले हावाबाट आएको बललाई सही दिसा दिन सकेनन् । त्यसपछि थप गोल गर्न नसकेपछि बंगलादेशले त्रिदेशीय प्रतियोगितामा उपहार गोलबाट विजयी सुरुआत गरेको हो । योसँगै बंगलादेशले किर्गिस्तानको उमेर समूहमाथि पहिलोपटक जित निकाल्न सफल पनि भएको छ । तर यस अघि भएका चार भेटमा किर्गिस्तानको राष्ट्रिय टोलीलाई बंगलादेशको टोलीले नतिजा सुम्पिएको थियो । खेलमा बंगलादेशका सोहेल राना म्यान अफ दि म्याच घोषित भए ।

सुखद सुरुआत गरेको बंगलादेशले फाइनल प्रवेशलाई बलियो सम्भावना बनाएको छ । अब बंगलादेशले अर्को खेलमा घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नेछ । पराजित किर्गिस्तानले भने बिहिबार नेपालसँग खेल्नेछ । 

Logo