मकवानपुरमा चौथो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ शुक्रबारदेखि हुँदैछ।
मकवानपुर, वाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आयोजक, वाग्मती खेलकूद विकास समिति र नवजनजागृति युवा क्लब सिमरा बीच हुनेछ।
गोल्डकपमा थ्रीस्टार क्लब, मकवानपुर–११, एपिएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, वाग्मती युवा क्लब सर्लाही, बिर्तामोड युनाइटेड र अफ्रिकन रुट एशोसिएशन क्यामरुन गरी आठ टोली सहभागी हुने आयोजकले जनाएको छ ।
खेलको विजेताले आठ लाख र उपविजेताले चार लाख प्राप्त गर्ने बताइएको छ।रासस































प्रतिक्रिया