फिनिसिङमा नेपाल चुक्दा किर्गिस्तानसँग बराबरीमा राेकियाे

फिनिसिङमा नेपाल चुक्दा किर्गिस्तानसँग बराबरीमा राेकियाे


त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले किर्गिस्तानको यू-२३ टिमसँग बराबरीमा रोकिएकाे छ । 

दशरथ रंगशालामा भएको खेलको नेपालले करिव एक दर्जन प्रहार गरे पनि फिनिसिङमा चुक्दा बराबरीमा रोकिएकाे हाे । खेलाडीमा समेटिएकाे किर्गिस्तानविरूद्ध नेपालले सुरुवातदेखि अन्तिमसम्ममा धेरै मौका पाएको थियो । तर नेपालको फिनिसमा चुक्न पुग्यो । 

आठौं मिनेटमा सञ्जोग राईको कर्नरमा दिनेश राजवंशीले डिबक्समा खाली पोजिसनमा रहेको अवस्थामा बललाई कनेक्ट गर्न सकेनन् ।

१० औं मिनेटमा रोहित चन्दको कर्नरमा अनन्त तामाङको हेड फ्रेमको नजिकैबाट बाहिरीयो । १४ औं मिनेटमा अञ्जन विष्टको डिबक्स भित्रबाट गरेको प्रहार पोलमा लागेर फर्किन पुग्यो । 

२२ औं मिनेटमा अञ्जन विष्टले डिबक्स भित्रबाट गरेको प्रहार हावामा बाहिरीयो । २९ औं मिनेटमा सञ्जोक राईले डिबक्समा मिलाएको बललाई अभिशेख रिजालको उत्कृष्ट प्रहार बाहिरीन पुग्यो ।

३१ औं मिनेटमा रजिन धिमालको फ्रिकिकमा अञ्जन विष्टको हेडर किर्गिज टिमका गोलकिपरले बचाए । ३४ औं मिनेटमा रवि पासवानको क्रसमा अञ्जन विष्टले गरेको प्रहार फ्रेमको नजिकैबाट बाहिरीयो ।

४३ औं मिनेटमा किर्गिस्तानको टिमको टिमको प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले पन्च गरेर बचाए ।

५६ औं मिनेटमा दिनेश राजवंशीको क्रसमा अञ्जनले गरेको हेडको प्रयासलाई किर्गिजका गोलकिपर आर्थेमले सहजै बचाए । ६३ औं मिनेटमा रञ्जित धिमालको फ्रिकिकमा फेरी एकपटक अञ्जन विष्ट चुक्न पुगे । 

६७ औं मिनेटमा किर्गिस्तान १० खेलाडीमा समेटिन पुग्यो । उसका कप्तान तासिन कामोलोदिन दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीए ।

त्यसपछि पनि नेपालले पटक पटक प्रहार गरे । तर जाली चुम्न नसक्दा बराबरीमा रोकिएकाे हाे।  यो बराबरीपछि किर्गिस्तानको फाइनलमा पुग्ने संभावना जिवितै रहेको छ । अब नेपालले शनिबार बंगलादेशसँग खेल्नेछ ।

 

Logo