विश्वकप छनौटमा जर्मनी विजयी

विश्वकप छनौटमा जर्मनी विजयी

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटमा जर्मनीले विजयी सुरुवात गरेको छ ।

बिहीबार राति भएको पहिलो खेलमा जर्मनीले आइसल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

खेलको तेस्रो मिनेटमा लियोनको गोलबाट जर्मनीले अग्रता बनाएको थियो ।

सातौं मिनेटमा हाभर्ट्जले गोल गर्दै टिमको अग्रता २-० को बनाए । त्यसपछि खेलको ५६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै जर्मनीलाई ३-० को जित दिलाए ।

जितसँगै समूह 'जे' को जर्मनीले पहिलो खेलमै ३ अंक जोडेको छ ।

Skip This
Skip This
Logo