१८ वर्ष कप्तानी सम्हालेका विराजले किन लिए सन्यास ?

१८ वर्ष कप्तानी सम्हालेका विराजले किन लिए सन्यास ?

केन्द्रबिन्दु
0
Shares

सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनले सोमबार फुटबलबाट सन्यासको घोषणा गरे । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खँडेरी तोडेको दिन बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै सन्यासको घोषणा गरेका हुन् । उपाधि जितेको नेपाललाई खुुसीसँगै विराजको सन्यासले केही भावुक पनि बनायो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका दोस्रो ब्याच विराज महर्जनले सोमबार ७३ औं अन्तर्राष्ट्रिय खेल करियर खेल्दै सन्यासको घोषणा गरेका छन् । अन्तिम पटक दशरथ रंगशालामा राष्ट्रिय जर्सीमा देखिएका विराजलाई समर्थकले सम्मान दिएका थिए ।

डेढ वर्षे अन्तर्राष्ट्रिय गोलविहिन नेपाली फुटबलको यात्रालाई पूर्णविराम लगाउँदै नेपालले ३७ वर्षपछि नेपाली मैदानमा अन्तर्राष्ट्रिय उपाधि उचाल्दा विराजलाई सुखद अन्त्यको सुनौलो अवसर पनि मिल्यो । उपाधि उचाल्दै फुटबल करियरलाई अन्त्य गर्न पाउँदा विराज खुसीसँगै भावुक बनाए ।

बंगलादेश विरुद्धको फाइनल खेलमा विराजले नेपालका लागि खेलेको ७३ औं प्रतिस्पर्धा रह्यो । वैकल्पिक  खेलाडीका रूपमा ९० औं मिनेटमा मैदानमा प्रवेश गरेर अन्तिम खेल सुखद बनाउने अवसर विराजले पाएका हुन् । सन् २००८ मा पोखरामा भएको पाकिस्तान विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा डेब्यु गरेका विराजले यस अघि राजु शाक्यको नाममा रहेको ६८ क्यापलाई उछिनेर नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि बनेका थिए ।   

कुल १८ पटक नेपाली टोलीको कप्तानी सम्हालेका विराजले २०१५ केरालामा भएको साफ च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा कप्तानको आर्मब्यान्ड पहिरिएका थिए । विभिन्न क्लब र राष्ट्रिय टोलीमा इन आउट हुँदै फुटबल खेलेका विराजले यस अघि अन्तिमपटक सन २०१९ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेलेका थिए । थ्री स्टार, मनाङ मस्र्याङ्दीका लागि तीन लिग उपाधि  दिलाएका विराजको कप्तानीमा सन् २०१६ मा बंगबन्धु गोल्डकप र सोही वर्षको सोलिडारिटी कपको उपाधि नेपाले हात पारेको थियो । नेपालले १२ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा स्वर्ण पदक जित्दा विराज नै कप्तान रहेका थिए । सोही आधारलाई हेर्दा विराज सर्वाधिक सफल खेलाडीको परिचय बनाउन सफल भएका छन् । सन्यासको घोषणा गरेका विराजले फुटबल गतिविधिबाट टाढा रहन नसक्ने प्रतिक्रिया दिए ।

खेलकुदलाई जीवन अपर्ण जोकोही खेलाडीलाई सन्यासको घोषणा गर्नु निकै पिडाको क्षण हुने गर्दछ । सफल रक्षकमा विराजलाई नेपाली फुटबलले सफल कप्तान र अनुशासित खेलाडीको रुपमा सधैं सम्झिरहनेछ । 

Logo