विभागीय टोली एपिएफले आयोजक सहारा क्लबमाथि १–० को जित निकाल्दै पोखरामा सम्पन्न १९औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा एपिएफले खेल सकिन तीन मिनेट बाँकी रहँदा आशिष लामाको गोलबाट अग्रता लिँदै शनिबाट सुरु भएको प्रतियोगितामा विजयी सुरुवात गरेको हो । पहिलो जितसँगै विभागीय टोली एपिएफले आयोजकलाई स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाएको छ । दुई वर्षअघि पनि सहारालाई उदघाटन खेलमै पराजित गरेर अघि बढेको एपिएफले फेरी एकपटक सहारालाई स्तब्ध बनाउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
निकै रोमाञ्चक बनेको खेलमा आयोजक सहारा र एपिएफले गोलरहित बराबरी खेलेका थिए । ८७ औं मिनेटमा आशिष लामाको निर्णायक गोलमा एपीएफले सहारालाई १–०ले पराजित गर्दै जित आत्मसात गर्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा प्रदीप लामाले डिबक्सभित्र अवसर दिएको बललाई आशिष लामाले जाली चुमाउन सफल भएका थिए । अन्तिम चारमा स्थान बनाएको एपिएफल अब सेमिफाइनलमा मनाङ र संकटाबीचको विजयी टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा आइतबार मच्छिन्द्र क्लब र अफ्रिकन युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । सहारा क्लबले गोल्डकपको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाललाई सर्वोत्कृष्ट खेलाडीबाट सम्मान पनि गरेको थियो । रिजाललाई नगद ३५ हजारसहित सम्मान गरिएको हो ।































प्रतिक्रिया