विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसनलाई निलम्बन गरेको छ। फिफाले बुधबार पाकिस्तान फुटबल फेडेरेसनलाई निलम्बन गरिएको जनाएको छ।
पाकिस्तान फुटबल फेडेरेसनले फिफाको नियम उल्लंघन गरेका कारण तत्कालबाट लागू हुने गरि निलम्बन गरिएको जनाएको छ । पाकिस्तान फुटबल फेडेरेसन पछिल्लो समय आन्तरिक विवादमा फसेको छ । जसका कारण फिफाले नर्मलाइजेसन समिति बनाएको थियो ।
सैयद असफका हुसेन शाहको नेतृत्वमा रहेको निर्वाचित समिति विवादित बनेपछि फिफाले २ वर्षअघि मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको थियो । उक्त समितिले नयाँ निर्वाचन भने गराउन सकेको थिएन । तर, पाकिस्तानको फुटबल गतिविधि भने संचालन गरिरहेको थियो ।
हालै महिला लिगको दौरान पुनः संघमा विवाद आएको थियो । हुसेनको नेतृत्वमा रहेको समितिले पाकिस्तान फुटबलको मुख्यालयसमेत कब्जा गरेको थियो। जसका कारण लिग रद्द भएको थियो। फिफाले पाकिस्तानसँगै अफ्रिकन राष्ट्र चाड फुटबल फेडेरेसनलाई समेत निलम्बन गरिएको जनाएको छ।





























प्रतिक्रिया