इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ब्रुमले सानदार जित निकालेको छ ।
सोमबार राति भएको खेलमा वेस्ट ब्रुमले साउथह्याम्पटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा खेलको ३२ औं मिनेटमा म्याथ्युएस पेरिएराले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ३५ औं मिनेटमा म्याथ्यु फिलिप्सले गोल गर्दै वेस्ट ब्रुमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ६९ औं मिनेटमा कलुम रोबिनसनले गोल गर्दै टिमलाई ३-० को जित दिलाए ।
यस जितसँगै वेस्ट ब्रुमले ३१ खेलमा २४ अंक जोडेको छ । वेस्ट ब्रुम पुछारबाट दोस्रो स्थानमा रहेको छ । साउथह्याम्पटन ३६ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।































प्रतिक्रिया