त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको ट्रफी सार्वजनिक

त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको ट्रफी सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाल, मलेशिया र नेदरल्यान्ड्सबीच आयोजना हुने त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको च्याम्प्यिन ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ। 

शनिबारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा आयोजना हुने प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलर र मलेशियाका कप्तान अजिजले संयुक्तरुपमा ट्रफी सार्वजनिक गरेका हुन्।

कोरोना भाइरसको संक्रमणदर फैलिने त्रासकाबीच पनि आयोजना हुन लागेको शृंखलामा महामारीबाट जोगिन होटलदेखि मैदानसम्म सबै प्राबधान अपनाइएको शृखंलाका निर्देशक माधव कर्माचार्यले बताए।

यस्तै क्यानका महानिर्देशक रौनक मल्लले भोलिबाट आयोजना हुने लागेको शृंखला सम्पन्न गर्नु निकै चुनौतीपूर्ण रहेको बताए। कोरोनाको महामारीको चपेटामा पनि आयोजना हुने शृंखलामा दर्शक दीर्घाको लागि टिकटको व्यवस्था मिलाइएको महानिर्देशक मल्लले बताए।

प्रतियोगितामा सहभागि सबै खेलाडीको कोरोना परीक्षण भइसकेको शृंखलाका निर्देशक माधव कर्मचार्यले जानकारी दिए। शृंखलामा शनिबार पहिलो खेल आयोजक नेपाल र भ्रमणकारी टोली नेदरल्यान्ड्सबीच हुनेछ।

Skip This
Skip This
Logo