टोटेनह्याम र एभर्टनबीचकाे खेल बराबरी

टोटेनह्याम र एभर्टनबीचकाे खेल बराबरी

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगमा टोटेनह्यामले घरेलु टोली एभर्टनसँग २–२ गोलको बराबरी खेल्दै अंक बाड्न सफल भएको छ । 

गुडिसन पार्कमा शुक्रबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको २७औं मिनेटमा ह्यारी केनको गोलबाट टोटेनह्यामले १–० को अग्रता लिएको थियो ।

खेलकाे ३१औं मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सर्जियो रिगुइलनले पेनाल्टी बक्समा हामेस रोड्रिग्वेजलाई फल गरेपछि एभर्टनले पेनाल्टी पाएको थियो ।

खेलकाे ६२औं मिनेटमा गिल्फी सिगुर्डसनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै एभर्टनलाई २–१ को अग्रता दिलाए । 

६८औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । यो बराबरीसँगै टोटेनह्याम सातौ स्थानमा रहँदा एक खेल कम खेलेको एभर्टन आठौं स्थानमा छ ।

Logo