नेपाल, नेदरल्याण्डस् र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज आजबाट सुरु हुँदैछ। आज हुने पहिलो दिनको खेलमा नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाली टोलीमा अनुभवी ब्याट्सम्यान पारस खड्का छैनन् । नेपालको शीर्षक्रम ब्याटिङ ज्ञानेन्द्र मल्ल, कुशल मल्ल र आशिफ शेखले सम्हाल्ने सम्भावना देखिन्छ । मध्यक्रम दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र विनोद भण्डारी छन् । तल्लोक्रममा सोमपाल कामी र करण केसी फिनिसरको रुपमा खेल्ने छन् ।
नेपालले दुई स्पिनर र तीन तीव्र गतिका बलर खेलाउने रणनीति देखिन्छ । स्पिनरमा लेगस्पिनर सन्दीप लामिछानेलाई साहब आलमले साथ दिन सक्छन् । साहब नेपालबाट पहिलो खेल खेल्ने तयारीमा छन् । यता तीव्र गतिको बलिङमा अभिनाश बोहराले सोमपाल र करणलाई साथ दिने छन् ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिउँसो साढे १ बजे खेल सुरु हुनेछ। टिकट शुल्क १५० रुपैयाँ तोकिएको छ।
नेपाल क्रिकेट संघ क्यानका प्रबन्धक रौनक मल्लले कोभिड संक्रमण फैलन नदिन मैदानमा सबै सुरक्षा सावधानीहरु अपनाउने बताएका छन्।
'कोभिड १९ बिच प्रतियोगिता आयोजना चुनौतीपूर्ण नै छ। त्यसैले प्रोटोकलहरुमा हामीले विशेष जोड दिएका छौं,' उनले भने ।





























प्रतिक्रिया