त्रिकोणात्मक टि-२० सिरिज : नेपालद्वारा नेदरल्याण्डस ९ विकेटले पराजित

त्रिकोणात्मक टि-२० सिरिज : नेपालद्वारा नेदरल्याण्डस ९ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

शनिबारदेखि सुरु भएको त्रिकोणात्मक टि-२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। आजको खेलमा नेपालले नेदरल्याण्डसलाई ९ विकेटले पराजित गरेको हो। 

नेदरल्याण्डसले दिएको १३७ रनको लक्ष्य नेपालले एक विकेट १५ ओभरमा गुमाएर पुरा गरेको हो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए । यस्तै आसिफ सेखले अविजित ५४ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाए।

टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएको थियो।

नेदरल्याण्डसका लागि बास डे लीडले ४१ रन बनाए । स्कट एडवार्डसले ३० रन बनाएका थिए भने कप्तान पीएटर सीलारले २२ रन बनाए । एन्टोनियस स्टालले अविजित २० रन बनाए।

खेलमा नेपाली बलर सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै सोमपाल कामी र शहाब आलमले एक, एक विकेट लिए।

Logo