एपीएफ क्लबले छैटौं विराट गोल्डकप फुटबलको उपाधि जितेको छ ।
विराटनगरमा शनिबार राति भएको फाइनलमा भारतको पन्जाब पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
विराटनगरको सहिद मैदानमा एपीएफलाई उपाधि दिलाउन प्रदिप लामाले ११ औं मिनेटमा निर्णायक गोल गरे ।
उपाधिसँगै एपीएफले १५ लाख १५ हजार प्राप्त गरेको छ । उपविजेता पन्जाबले ७ लाख ५० हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा एपीएफका आशिस लामा प्लेयर अफ दि टुर्नामेन्ट बने । उनले मोटरसाइकल प्राप्त गरे ।
विराटनगरका प्रकाश बुढाथोकी सर्वाधिक गोलकर्ता चुनिए । फेयर प्ले टिमको उपाधि विराटनगरले प्राप्त गर्यो ।





























प्रतिक्रिया