सिटीलाई हराउँदै चेल्सी फाइनलमा

सिटीलाई हराउँदै चेल्सी फाइनलमा

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीलाई पराजित गर्दै लन्डन क्लब चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो ।

वेम्बलीमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा जिएचले निर्णायक गोल गरेका हुन् ।

अब चेल्सीले लेस्टर सिटी र साउथह्याम्टनबीचको विजेतासँग उपाधिका लागि भिड्नेछ । यि दुई टोलीबीच आज राति प्रतिस्पर्धा हुनेछ । फाइनल १५ मेमा हुनेछ ।

Logo