आईपीएलमा हैदरावादमाथि मुम्बईकाे जित

आईपीएलमा हैदरावादमाथि मुम्बईकाे जित


आईपीएलमा हैदरावादलाई मुम्बईले १३ रनले हराएको छ । साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिगअन्तर्गतको खेल आईपीएलमा लगातार शीर्ष स्थानमा पुगेको हो ।

पहिलो खेलमै पराजित भएको मुम्बईले त्यसयता लगातार दोस्रो खेल जित्ने क्रममा शनिबार सनराईजर्स हैदरावादलाई हराएको छ । जितपछि रोएल च्यालेन्जर्स समान ४ अंक जोडेको मुम्बई रनरेटका आधारमा अगाडि छ ।मुम्बईले दिएको १५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन बनाए । यस्तै कप्तान डेभिड वार्नरले ३६ र विजय शंकरले २८ रन जोडे । विराट सिंहले ११ रन बनाए । तयसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो । मुम्बईका लागि क्वेन्टन डी ककले सर्वाधिक ४० रन बनाए । यस्तै काएरन पोलार्डले अविजित ३५ रन बनाए । कप्तान रोहित शर्माले ३२ रन बनाए ।

Logo