शिखर चम्किँदा दिल्लीकाे दोस्रो जित

शिखर चम्किँदा दिल्लीकाे दोस्रो जित


इन्डियन प्रिमियर लिग (आईपीएल)मा  दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ।

आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो । जितको लागि १९६ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।

दिल्लीका लागि शिखर धवनले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ३२ रन जोड्दा कप्तान ऋषव पन्तले १५ रनमा आउट भए ।

मार्कुस स्टोनिस २७ रनमा अविजित रहे । ललित यादव १२ रनमा अविजित रहे । पन्जाबका झे रिचार्डसन्ले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । पन्जाबका लागि ओपनरद्वय मायांक अग्रवाल र लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले ।

अग्रवालले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान राहुलले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । दिपक होडाले अविजित २२ रन जोड्दा शाहरुख खानले अविजित रहदै १५ रन जोडे ।

Iक्रिस गेल ११ तथा निकोलस पुरन ९ रनमा आउट भए । दिल्लीका क्रिस वोक्स, लुकम्यान मेरिवाला, अभेस खान र कागिसो राबडाले १/१ विकेट लिए ।

जितसँगै दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ। दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ। पन्जाब ३ खेलमा २ अंक जोडेको छ। पन्जाब लिगको सातौं स्थानमा रहेको छ।

 

Logo