सुपर ओभरमा दिल्ली विजयी

सुपर ओभरमा दिल्ली विजयी

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा जितको लागि ८ रन बनाउनु पर्ने दिल्लीले अन्तिम बलमा पूरा गर्दै विजयी भएको थियो ।

जितको लागि १६० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएपछि सुपर ओभरमा पुगेको थियो । 

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

चेन्नई ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित दोस्रो स्थानमा उक्लिएको छ । 

Logo