नेपाल सुपर लिगः काठमाडौँ शीर्ष स्थानमा रहँदै प्ले अफमा

नेपाल सुपर लिगः काठमाडौँ शीर्ष स्थानमा रहँदै प्ले अफमा

केन्द्रबिन्दु
0
Shares

नेपाल सुपर लिगअन्तर्गत आइतबार भएको अन्तिम खेलमा काठमाडौंँ रेजर्सले एफसी चितवनलाई २–१ गोलअन्तरले पराजित गरेको छ। कुल ६ खेलबाट १३ अंक जोडेको काठमाडौँ लिगको शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंका लागि विदेशी मेसोउके ओलोमोऊ र संजोग राईले एकएक गोल गरे। चितवनका लागि सान्त्वना गोल राजीव लोप्चनले गरे। खेलको १७औंँ मिनेटमा काठमाडौँका ओलोमोउले गोल गरेका हुन्। यस्तै खेलको ३४औंँ मिनेटमा राईले काठमाडौँका लागि दोस्रो गोल गरे। 

यसैगरी चितवनका लागि खेलको ४०औंँ मिनेटमा लोप्चनले गोल गरेका हुन्। खेलको ४४ औंँ मिनेटमा काठमाडौंँका विश्वास श्रेष्ठले हानेको बल गोलपोष्टबाट बाहिरियो। यस्तै खेलको ८१ औंँ मिनेटमा काठमाडौंँका प्रिजेन तामाङ गोल गर्नबाट चुके। चितवनले लिगका कुनै पनि खेल जित्न सकेन। चितवनले ६ खेलमा चारमा हार तथा दुई खेलमा बराबरी खेल्यो। काठमाडौंँले अब फाइनल प्रवेशका लागि मंगलबार धनगढी एफसीसँग प्लेअफमा खेल्नेछ।

Logo