म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । मंगलबारको खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेपछि सिटीको सातौं लिग उपाधि पक्का भएको हो ।
टोलीले ३५ खेलमा ८० अंक जोड्दै लिग उपाधि पक्का गरेको हो । अन्तिम तीन चरणको खेल बाँकी रहेको अवस्थामा दोस्रो स्थानको युनाइटेडसँग १० अंकको अग्रता बनाएपछि सिटीले उपाधि पक्का गरेको हो ।





























प्रतिक्रिया