शीर्षस्थानमा एट्लेटिको विजयी

शीर्षस्थानमा एट्लेटिको विजयी

केन्द्रबिन्दु
0
Shares

शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई हराउँदै स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा बुधबार राति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको हो ।

जितसँगै एट्लेटिकोको ३६ खेलबाट ८० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ अंक छ । 

Logo