काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले राजस्थानविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । दिल्लीको सुरुवात भने राम्रो रहन सकेन ।
सुरुमै दुई विकेट लिएर राजस्थानको जोफ्रा आर्चरले दिल्लीलाई दबाबमा ल्याएका थिए । उनले तीन विकेट लिँदा जयदेव उनादकटले २ विकेट लिए ।
राजस्थानले २० ओभरमा सात विकेट गुमाउँदा १६१ रनमा रोकियो । जवाफमा राजस्थानले ८ विकेटको क्षतिमा १४८ बनाएपछि दिल्लीले जितको लय समातेको हो ।
जितपछि दिल्लीले आठ खेलमा १२ अंक बनाएको छ । उसले अहिलेसम्म ६ खेलमा जित निकालेको छ । राजस्थानको भने यो पाँचौ हार हो ।































प्रतिक्रिया