पहिलो हाफमा नेपालकाे अग्रता

पहिलो हाफमा नेपालकाे अग्रता

केन्द्रबिन्दु
0
Shares

नेपालले चाइनिज ताइपेइविरुद्ध जारी विश्वकप छनोटको पहिलो हाफमा नेपालले १-० को अग्रता लिएको छ । अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

आजको खेलमा नेपाल जित निकाल्दै एसिया कपका लागि आफूलाई बलियो बनाउने योजनामा रहेको छ । नेपालको विश्वकप छनोटको अघिल्लो चरणको सम्भावना भने समाप्त भइसकेको छ ।

अहिलेसम्म भएका विश्वकप छनोट प्रतियोगितामा नेपालले ३५ खेल खेलेको छ। जसमा पाँच खेलमा जित, चारमा बराबरी र २६ खेलमा हार व्यहोरेको छ।
 

Skip This
Skip This
Logo