विश्वकप छनोट खेलमा चाईनिज ताइपेईविरुद्ध नेपालको २/० गोलको जीत

विश्वकप छनोट खेलमा चाईनिज ताइपेईविरुद्ध नेपालको २/० गोलको जीत

केन्द्रबिन्दु
0
Shares

नेपालले विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट खेलमा चाइनिज ताइपेईलाई २/० गोलले पराजित गरेको छ।

कुवेतमा भएको खेलमा अञ्जन विष्टको गोलबाट नेपालले अग्रता लिएको थियो। विष्टले खेलको चौथो मिनेटमै पेनाल्टीमार्फत नेपाललाई १/० को अग्रता दिलाएका थिए। 

तेश्रो मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो।

खेलको ८१ औं मिनेटमा नवयुग श्रेष्ठले दोस्रो गोल गरेर नेपाललाई २/० जीत दर्ज गरे । अब नेपाल आफ्नो समूहको चौथो स्थानमा रहेर एसियन कपको तेस्रो चरणमा प्रवेश गरेको छ।

विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जीत हासिल गरेको छ भने चार खेलमा पराजित भएको छ।

Skip This
Skip This
Logo