कुवेतमाथि अष्ट्रेलियाको जित

कुवेतमाथि अष्ट्रेलियाको जित

केन्द्रबिन्दु
0
Shares

सन् २०२२ को विश्वकप छनोटमा अष्ट्रेलियाले सहज जित हासिल गरेको छ । बिहीबारराति भएको समूह ‘बी’ अन्तर्गतको खेलमा अष्ट्रेलियाले कुवेतलाई हराएको हो ।

एसियाली छनोटअन्तर्गत अष्ट्रेलियाले कुवेतलाई ३–० ले पराजित गर्‍यो । अस्ट्रेलियाको जितमा म्याथ्यु लेकी, ज्याकसन इर्भिन र एजडिन हस्टिकले एक गोल गरे । खेलको पहिलो मिनेटमै लेकीले हेडर गोल गर्दै खेलमा अस्ट्रेलियालाई अग्रता दिलाएका थिए ।इर्भिनले २४औं मिनेटमा गोल गरे भने हस्टिकले ६६ औं मिनेटमा तेस्रो गोल गरे ।

जितसहित अष्ट्रेलियाले समूह विजेता बन्दै छनोटको तेस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ । अष्ट्रेलिया ५ खेलबाट १५ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।

Skip This
Skip This
Logo