रोनाल्डोको कीर्तिमानी गोलका कारण पोर्चुगल विजयी

रोनाल्डोको कीर्तिमानी गोलका कारण पोर्चुगल विजयी

केन्द्रबिन्दु
0
Shares

कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलका कारण पोर्चुगलले युरोकपमा सुखद सुरुवात गरेको छ। 

जारी १६औं संस्करण अन्तर्गत हंगेरीविरुद्धको खेलमा पहिलो रोजाइँमा मैदान उत्रिएपछि रोनाल्डोले नयाँ कीर्तिमान बनाए।

मंगलबार राति भएको खेलमा क्रिष्टियानो रोनाल्डोको टिमले हंगेरीलाई ३/० गोलले पराजित गरेको हो। डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई जिताउन रोनाल्डोले दुई गोल गरेका थिए। यस्तै राफेल गुइरेइरोले एक गोल गरे।

यससँगै दुई गोल गरेका रोनाल्डो युरोका सर्वाधिक गोलकर्ता भएका छन्। उनले अहिलेसम्म कूल ११ गोल गरेका छन्।

युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्ने रोनाल्डोले लगातार ५ संस्करणको युरोकप खेल्ने पहिलो खेलाडी बनेका हुन्।

Skip This
Skip This
Logo